काठमाडौं, भाद्र २३ – बेलायतमा ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उक्त भूकम्प गएको हो । बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
लण्डनको अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । घरका सोफाहरू तथा दराजहरु हल्लिएको स्थानीयहरुले बताएका छन् ।
FACEBOOK COMMENTS