काठमाडौं, असोज १५ – बैंक आफ काठमान्डूले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
अब बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६ सय ३६रुपैयाँ हुनेछ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS