काठमाण्डौँ — पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन्।
केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पुयाउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा पुयाउन थालेका हुन्।
संघीय संरचना अनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म ६ सय ८२ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।
अझै ७१ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन्।
प्रदेश ७ मा अझै २० स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन्।

उक्त प्रदेशमा ८८ स्थानीय तहमध्ये ६८ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन्।

यो प्रदेशका स्थानीय तहमा सबैभन्दा बढी शाखा पुग्न बाँकी छ।

प्रदेश १ र ६ मा बराबारी १७–१७ स्थानीय तहमा शाखा पुग्न बाँकी छ।
प्रदेश २ का अझै पाँच स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन्।
सबैभन्दा बढी स्थानीय तहमा बैंकका शाखा पुग्नेमा प्रदेश ५ परेको छ।
— नागरीक