काठमाण्डौँ — बैंकको ब्याजदर विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित भएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले व्यवसायीहरूलाई बैंकले नाङ्गो बनाएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।
८ प्रतिशतमा सम्झौता गरेको ऋणको ब्याज १८ प्रतिशतसम्म पुर्याएको उनको दाबी छ ।
बैंकले बिना जानकारी ब्याज बढाउने र त्यही अनुसार असुल्ने गरेको व्यवसायीको गुनासो छ ।
धेरै व्यवसायी निजी बैंकसँग आबद्ध भएकाले ब्याजदर घटाएर एकरुपता गर्न माग गरेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS