काठमाण्डौँ — नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ ।
बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।
साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेपछि त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई गराई अनुमति लिनुपर्नेछ ।
प्रक्रियाअनुसार राष्ट्र बैंकले अनुमति दिएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा धितोपत्र दलाल व्यवसाय गर्ने उद्देश्यसहितको कम्पनी दर्ता गर्नुपर्नेछ ।
ती सबै प्रक्रिया पूरा गरेपछि मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउनुपर्नेछ ।
स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यक प्रक्रिया पूरा गरेर आएका कम्पनीलाई विद्यमान नियम र कानूनको परिधिमा रहेर स्वीकृति दिन आफूहरू तयार रहेको बताए ।
— कारोबार
FACEBOOK COMMENTS