काठमाण्डौँ — बैंकर्स संघले अघिल्लो सहमति तोड्दै निक्षेपको व्याजदर घटाउने भएका छन् ।
संघको बैठकले मुद्दती निक्षेपमा संस्थाहरूलाई ९ प्रतिशत र सर्वसाधारणलाई १० प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको हो ।
असार पहिलो साताबाट संस्थाहरूलाई साढे १० र सर्वसाधारणलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए ।
यसअघि ब्याज नबढाउन ‘भद्रसहमति’ गरेका वाणिज्य बैंकहरूले अहिले निक्षेपको ब्याजदर घटाउने सहमतिमा पुगेका हुन् ।
नयाँ निर्णय शुक्रबारदेखि नै लागू भएको छ ।
बैंकहरूले संस्थालाई ९ र सर्वसाधारणलाई १० प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् ।
राष्ट्र बैंकको निर्देशनअनुसार संस्थागत निक्षेपकर्तालाई प्रकाशित ब्याजदरमा बढीमा एक र सर्वसाधारणलाई ०।५ प्रतिशत विन्दुसम्म ब्याजदर बढाउन पाउँछन् ।
यो व्यवस्थाअनुसार शुक्रबारदेखि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा संस्थालाई १० प्रतिशतसम्म र सर्वसाधारणलाई साढे १० प्रतिशतसम्म ब्याज दिनेछन् ।
तर, बैंकहरूले यो सुविधा सबै ग्राहकलाई दिँदैनन् ।
यो सुविधा केही ठूला र पहुँचवाला ग्राहकका लागि मात्र हो ।
— नागरीक
FACEBOOK COMMENTS