काठमाडौं । बैंकिङ कसूरको मुद्दामा कलाकार शिशिर राणा पक्राउ परेका छन् ।
बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेका उनलाई आज सोमबार काठमाडौंको बिजुलीबजारबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरीवाना सुनाएको थियो ।
२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।
FACEBOOK COMMENTS