काठमाडौं, चैत २७ – बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन)ले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ५५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।यससँगै संस्थाले नियामक निकाय नेपाल धताेपत्र बाेर्डकाे अनुमति पाएसँगै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्रा अर्थात ५५ लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।
FACEBOOK COMMENTS