काठमाण्डौँ — बैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक काठमाडौंमा शुरू भएको छ ।
बैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो। अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रिय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ ।
यसको बैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्रालयले जनाएको छ ।
१२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम रहेका छन्।
वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ।
यस्तो बैठकमा सदस्य मुलुकहरूले अघिल्लो बैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामि दिनमा अवलम्बन गरिने कदमहरूको पहिचान समेत गर्ने श्रमले जनाएको छ।
शुक्रबार मन्त्रिस्तरीय बैठक बस्ने छ ।
FACEBOOK COMMENTS