काठमाडौं, पुस १ – कोका-कोला नेपालको लागि बोटलिंग पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियनको अनुदान प्रदान गरिएको छ । यो अनुदान ‘नेपाल उर्जा दक्षता कार्यक्रम’को एक हिस्सा हो जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ऊर्जा दक्षताको पहलका लागि डिजाइन गरेको थियो ।
बोटलर्स नेपालले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त ग¥यो जसअन्तर्गत भीएफडी अनुकूलता सहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्दछ । यी पहलहरूको मौलिक उद्देश्य कोका—कोलाको २०२०सम्ममा कार्बन फुटप्रिन्ट २५%मा घटाउने विश्वव्यापी स्थिरता उद्देश्य द्वारा संचालित थियो ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपाल सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा हामी खुसी छौं । हामीले हाम्रो आपूर्ति श्रृंखलामा महत्वाकांक्षी लक्ष्यहरू राखेका छौं र उत्सर्जन घटाउन र ऊर्जा बचत गर्ने हाम्रो दृष्टिकोणलाई समर्थन गर्न हाम्रा उपकरण र प्रविधिमा धेरै परिवर्तनहरू जारी राख्नेछौं ।’
बोटलर्स नेपाल काठमाडौं र भरतपुर दुबै उत्पादन केन्द्रहरुमा उर्जा दक्षताका लागि प्रयासरत छ । र, सम्पूर्ण मूल्य श्रृंखलामा उर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरु मार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको छ ।
वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ, र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशांत रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए ।
FACEBOOK COMMENTS