काठमाण्डौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन्।
शनिबार सरकारी निवास बालुवाटरमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिको भेटम प्रधानमन्त्री ओलीले ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्।
महासंघको टोलीले बैंक तथा वित्तिय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो।
प्रधानमन्त्री ओलीले व्यावसायीको गुनासोका बारेमा बैंकसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS