काठमाडौं, ३१ जेठ – नेपाल सौन्दर्य कला ब्यवसाय संघले पहिलो चरणमा ब्युटि पार्लर नखोल्ने सरकारको निर्णयलाई सच्याउन माग गर्दै उप– प्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र दिएको छ । संघका अध्यक्ष कमला श्रेष्ठले पोखरेललाई ब्यूटि पार्लर खोल्दा सर्तकता कसरी अपनाउने भन्नेमा संघले तैयार पारेको कार्य विधि समेत उपलब्ध गराएको छ ।विशेषत: महिला सम्मलित पेशा भएकोले विशेष राहत प्याकेज ल्याउन समेत अनुरोध गरेको अध्यक्ष श्रेष्ठले बताएकी छिन् । भेटका क्रममा अध्यक्ष श्रेष्ठले उप प्रधानमन्त्री पोखरेललाई यस वर्ष नै यसै पेशामा थप ५० हजार रोजगारी श्रृजना गर्न लागेको जानकारी समेत गराएकी थिईन।
FACEBOOK COMMENTS