काठमाडौं, भदौ ९ – ब्राजिलका फुटवल स्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् ।
न्यायाधीश गुस्ताभोले आफुले चाहेको जुनसुकै देशमा स्वतन्त्र रुपमा यात्रा गर्न पाउने भएपनि उनले आफ्नो स्थायी ठेगाना परिवर्तत गरेको खण्डमा सु–सुचित गराउनुपर्ने फैसला सुनाएका हुन् । रोनाल्डिन्होले आफ्ना रिहाईका शर्तहरु स्वीकार गरेका छन् ।
रोनाल्डिन्होलाई ६९ हजार पाउन्ड जरिवाना समेत तोकिएको छ । रोनाल्डिन्हो ब्राजिलमा प्रत्येक तीन महिनामा न्यायधिशसमक्ष एक वर्षसम्म र उनका दाई दुई वर्षसम्म पेश हुनु पर्नेछ । नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टो गत मार्चमा पक्राउ परेका थिए ।
दुबै दाजुभाइलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा राखिएको थियो ।सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।
उनले फिफा प्लेयर अफ दि इयर, बालोन डीओर जस्ता उपाधि जितेका छन् । रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
FACEBOOK COMMENTS