काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको चारवर्षदेखिको रिलेसनसिप टुंगिएको छ । यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेका छन् ।
उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको थियो । पर्यटन व्यवसायी रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए । त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए ।
यसअघि सामाजिक संजालमा समेत दावा र नम्रताले घुमघाम र सँगै भएका तस्बिर पनि पोस्ट गर्दै आएका थिए । तर, यो गर्न पनि छाडेपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कलबाजी भैरहेको छ । र एक आपसमा कम्फर्टेबल नभएपछि उनिहरु अलग भएका हुन् ।
FACEBOOK COMMENTS