काठमाडौं, असोज २६ – भक्तपुरका ८० प्रतिशत कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेको पाइएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँ सक्रिय संक्रमितमध्ये ८०.४९ प्रतिशत अर्थात एकहजार २ सय ६७ जना होम आइसोलेसनमा बसेका छन् ।
जसमध्ये ६ सय ९० पुरुष र ५ सय ७७ महिला रहेका छन् । कार्यालयका प्रमुख कृष्ण मिजारले आइतबारसम्म भक्तपुरमा एक हजार ५ सय ७४ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमा ८ सय ९३ पुरुष र ६ सय ८१ महिला रहेको उनको भनाइ छ ।
उनका अनुसार भक्तपुरका ३ सय ७ जनामात्रै अस्पतालको आइसोलेसनमा रहेका छन् । जसअनुसार २ सय ३ पुरुष र एकसय ४ महिला भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेको अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
FACEBOOK COMMENTS