काठमाडौं, चैत १२- भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण नभएको पाइएको हो । मंगलबार साँझ आएको रिपोर्टमा विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका सन्तोष यादवको संक्रमणको कारण मृत्यु नभएको पुष्टि भएको हो ।
वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो ।
लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।
FACEBOOK COMMENTS