काठमाडौं, कार्तिक ७- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेका देश अनुसार भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिले विभिन्न देश तथा शहरका लागि तिहारको भाइटीकाको उत्तम साइत निर्धारण गरेको हो ।
यही कात्तिक १२ गते (अक्टोबर २९) को भाइ टीकाको साइतको समय ठाउँ अनुसार फरक फरक रहेको छ । समितले नेपालसहित विभिन्न मुलुकका २३ ठाउँका लागि भाइटीकाको साइत निर्धारण गरेको हो ।
समितिले सार्वजनिक गरेको टीकाको साइत नेपालमा कात्तिक १२ गते बिहान ११ः५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११ः४५बजे, अमेरिकाको न्यूयोर्कको २९ अक्टोवर दिउँसो १२ः५१ मा जुराएको छ ।
कुन देशका लागि कुन साइत उत्तम
FACEBOOK COMMENTS