काठमाडौं,चैत १४-भाटभटेनी सुपरमार्केटले अब घरघरमा सामान पुर्याउने भएको छ । सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएप कल र म्यासेजमार्फत् डेलिभरीको अर्डर शुरु गरेको हो ।
आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन सकिनेछ । साथै ग्राहकले आफ्नो नाम, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ ।
सरकारले उद्योगीरव्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्याउन निर्देशन दिएसँगै भाटभटेनीले यो कामको सुरुवात गरेको हो । ।अत्यावश्यक खाद्य वस्तुका आवश्यकता परेमा भाटभटेनीलाई ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्न सकिने छ ।
आवश्यक पर्ने डेलिभरी भ्यान लाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि उपभोग्यवस्तु जनताका घरघरमै पुर्याउन सुरु गरेको जनाएको छ ।
FACEBOOK COMMENTS