मदन तिमल्सेन/तनहुँ, १३ बैशाख – विश्वभर फैलिएको कोरोनाका कारण नेपाल समेत विगत एक महिना देखि लकडाउनमा रहेको छ । यसले मानिसहरुलाई अाफ्नो घर सम्म पुग्नको लागि निकै समस्या भईरहेको छ । यस्तो बेलामा कतिपय अाफ्नो घर फर्कन चाहनेहरुलाई विभिन्न संस्थाहरु र नेपाल सरकारले त्यहि अनुसार पासको व्यवस्था मिलाएर पठाउने गरेको छ । यस्तो अवस्थामा पनि काठमाडौमा अति नै समस्या झेलेका मजदुर, विद्यार्थी लगायतका महानुभावहरुलाई काठमाडौबाट तनहुँ ल्याइएको छ । यसै बिचमा काठमाडौबाट स्याङ्जाको लागि छुटेको अर्को सवारी साधनले उद्वारको नाममा चर्को भाडा असुलि गरिरहेको गुनासो आएपछि बा ५ ख ३५०५ नं सवारी साधनलाई अनेरास्ववियूका केन्द्रिय सदस्यद्वय अरबिन्द्र भट्टराई र सुदिन पौडेलले कार्वाहीका लागि प्रहरीलाई आग्रह गरेका थिए । आबुखैरेनी इलाका प्रहरी कार्यलयलाई जानकारी दिएर उनीहरुले प्रहरीको सहयोगमा भाडा फिर्ता गराइ थप आवश्यक कारबाहीको लागि पहल गरेका छन् । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि कालो व्यापार चलाउनेहरुलाई अनेरास्ववियुले जो कसैलाई पनि नछाड्ने सुदिन पाैडेलले बताए ।
FACEBOOK COMMENTS