काठमाडौं, वैशाख २० । सिरम इन्स्टिट्युटले भारत बाहिर पनि कोरोनाको खोप उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले एस्ट्रेजेनेकाले निर्माण गरेको कोरोनाविरुद्धको खोप उत्पादन गर्दै आएको छ ।
भारतमा भइरहेको उत्पादनले माग धान्न नसकिरहँदा विश्वरको माग धान्न सक्ने स्थिती छैन । त्यसैले अबको केही समय भित्रै भारत बाहिर पनि खोप उत्पादन गर्ने बताइएको छ ।
यस्तो योजनाको घोषणा अबको केही समयमै हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । सिरमले भारत बाहिर पनि उत्पादन थालेमा आगामी ६ महिना भित्र कम्तिमा तीन बिलियन खोप उत्पादन हुने छ।
तर, अहिलेसम्म सिरमले कुन देशमा खोप उत्पादन गर्ने निर्णय गर्छ भन्ने सूचना आइसकेको छैन । हाल सिरमका सिईओ अदार पुनावाला भारत छाडेर बेलायततर्फ लागेका छन् ।
उनलाई भारतका प्रभावशाली व्यक्तीत्वहरुले खोप दिनभन्दै निरन्तर फोनमा धम्की दिएपछि उनी तत्कालका लागि भारत छाडेर बेलायत पुगेका हुन् । सम्भवत उनी फर्केपछि भारत बाहिर पनि खोप उत्पादन गर्ने सम्बन्धि घोषणा हुन सक्छ ।
FACEBOOK COMMENTS