काठमाडौं, चैत १२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत २१ दिनका लागि लकडाउन गर्ने घोषणा गरेका छन्।
मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन् । २१ दिने लामो लकडाउन मङ्गलबार राति १२ बजेदेखि सुरु हुने छ ।
उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आह्वान गरे। घोषित ३ हप्ता भारतका लागि विशेष समय भएको बताउँदै मोदीले यस बेला संयमित नभए देश २१ वर्ष पछाडि धकेलिने चेतावनी समेत दिए।
भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।
कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भइसकेका छन् ।
FACEBOOK COMMENTS