काठमाडौं, भदौ १५ – भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप बिग्रिदै गएको छ ।
उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनलाई कोरोना भाइरसको संक्रमणको पनि पुष्टि भएको थियो ।
उनी दिल्लीस्थित सेनाको अस्पतालमा भर्ना छन् । अहिले उनी कोमामा छन् र उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ । अस्पतालले दिएको जानकारी अनुसार फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएको छ ।
आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको तर्फबाट जारी बयानमा केही दिनदेखि प्रणब मुखर्जीको स्वास्थ्यमा लगातार गिरावट आइरहेको बताइएको छ । उक्त बयानमा फोक्सोको संक्रमणका कारणले उनी सेप्टिक सकमा भएको जानकारी उल्लेख छ ।
सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । बयान अनुसार डाक्टरको एक विशेष दल उनको उपचारमा जुटेको छ ।
FACEBOOK COMMENTS