काठमाडौं , माघ २३ –भारतको केन्द्रिय बैंक रिर्जव बैँक अफ इन्डिया(आरबीआइ) ले मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति निर्धारण गर्ने केन्द्रिय बैंक अन्र्तगतको मौद्रिक नीति समितिले मौद्रिक सार्वजनिक गरेको हो ।
बजेट भाषण आएको तीनदिनपछि बजेटले निर्धारण गरेका लक्ष हासिल गर्न मौद्रिक नीति महत्वपूर्ण मानिन्छ । तर, आरबीआइले सार्वजनिक गरेको मौद्रिक नीतिमा भने अघिल्लो वर्षको नीतिमा खासै परिर्वतन गरेको छैन ।
आगामि दिनहरुमा केन्द्र सरकारको व्यापक खर्च हुने अनुमानलाई मध्यनजर गर्दै सो बैंकले अकमोडेटिभ मौद्रिक नीति अबलम्ब गर्ने नीति लिएको देखिएको छ । ऋण सस्तो हुने अपेक्षा गरिरहेका आम व्यापारिहरुलाई भने यस नितिले खासै ध्यान दिएको देखिदैन ।
भारतीय वित्त मन्त्री सितारमणले झन्डै २३।९ प्रतिशतले खुम्चिएको अर्थव्यवस्थालाई छिटै पुरानै अवस्थामा र्फकाउन तथा आगामी .वर्ष लगभग ११ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने उदेश्य सहितको बजेट प्रस्तुत गरेकी छन् । भारतका साथै विश्वका विभिन्न अर्थ शास्त्रीहरुले पनि बजेटको विश्लेषणमा आगामी दिनमा भारतले उच्च आर्थिक गर्ने अनुमान गरिरहेका छन् ।
भारत सरकारले ठूलो पुजीगत लगानि गर्ने भएको छ । यसले प्रभाव भने मूद्रा स्फीतिमा पर्ने सक्ने भएको मौद्रिक निति समितिले आधार दरमा कुनै परिवर्तन नगर्ने भएको छ । यसको अर्थ व्याजदर यथास्तिमा रहने छ । साथै रिपो रेट र रिर्भस रिपोमा पनि कुनै बदलाव नहुने भएको छ ।
नेपालको सबै भन्दा ठूलो व्यापार साझेदार भारतले लिएको नीतिले नेपालमा प्रत्यक्ष वा परोक्ष असर देखिने गर्दछ । सो विश्लेष अर्तगत विमर्श गर्ने हो भने भारतीय बजेटले नेपाली अर्थतन्त्रलाई केहि प्रभाव पारे पनि मौद्रिक नीतिको तत्काल असर देखिने सम्भावना न्यून रहेको छ ।
FACEBOOK COMMENTS