काठमाण्डौँ — चालु आर्थिक वर्षको पाँच महिनामा भारतबाट मात्र ५१ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा यो करिब २३ प्रतिशतको वृद्धि हो ।
केही वर्षयता भारतमा विदेशी बैंक, रेमिट्यान्स लगायत गैर बैंकिङ वित्तीय संस्थाले औपचारिक रूपमा काम गर्न पाएपछि बैंकिङ प्रणालीबाट नेपाल भित्रिने रेमिट्यान्स पनि बढेको जानकारहरू बताउँछन् ।
२०७४ मंसिरसम्म भारतबाट मात्र ४२ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS