काठमाडौं, पुस १८ – भारतले बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको कोरोनाको भ्याक्सिनलाई प्रयोगको अनुमति दिने तयारी गरेको छ । शुक्रबार भारतको औषधि नियमन निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डिसीजीआई) को विज्ञ प्यानलले कोभिशिल्डको प्रयोगको अनुमति दिन सिफारिश गरेको छ ।
अब यस पछि डिसीजीआईले अब प्रयोगको अनुमति दिने तयारी गरेको छ । सम्भवत एक दुई दिनमा डिसीजीआईले अनुमति दिने बताइएको छ । कोभिशिल्ड भ्याक्सिनलाई भारतमा सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ । भारतमा सीरमले कोभिशिल्डको ट्रायल गरेको थियो ।
भारतमा अब केहि दिनमै भ्याक्सिनले अनुमति पाउने भएकाले भ्याक्सिन लगाउने पूर्वअभ्यास शुरु गरिएको छ । यसअघि असम, आन्ध्र प्रदेश, पंजाव र गुजरातमा यसको पूर्वअभ्यास गरिसकिएको छ ।
अक्सफोर्डको भ्याक्सिनलाई बेलायतले यस अघि प्रयोगको अनुमति दिइसकेको छ । यो भ्याक्सिनको दुई डोज लगाउदा ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
भारतमा उत्पादन हुने हुनाले पनि नेपालमा यो भ्याक्सिन छिटै आउनसक्ने देखिएको छ । यो भ्याक्सिन अन्य भ्याक्सिन सरह स्टोर गर्न सकिने र प्रभावकारी समेत भएकाले नेपाल, भारत जस्ता देशमा यो भ्याक्सिनको प्रयोग सहज हुनसक्ने बताइएको छ ।
FACEBOOK COMMENTS