काठमाडौं, वैशाख १० । नेपाली व्यवसायीले भारततर्फ अक्सिजन निर्यात गर्न थालेका छन् । भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनै उकालो लाग्दै गर्दा व्यवसायीले त्यसतर्फ अक्सिजन निर्यात गर्न थालेका हुन् ।
भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ३२ हजार कोरोना संक्रयिमत भेटिएका छन् । यस्तै, यही अवधिमा दुई हजार २५६ जनाको मृत्यू भएको छ ।
सोहीकारण, अहिले भारतमा अक्सिजनको अभाव छ । कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमितलाई धरै मात्रामा अक्सिजन चाहिन्छ ।
भारतमा अक्सिजनको हाहाकार भएपछि त्याँहाका ठूला कर्पोरेट हाउसहरुले अक्सिन आयात गर्न थालेका छन् । सोहीकारण, नेपालका अक्सिजन उद्योगीहरुले पनि त्यसतर्फ निकासी सुरु गरेका हुन् ।
यद्यपी, नेपाल रसायन तथा मेडिकल आपूर्ति संघले भने व्यवसायीलाई भारततर्फ अक्सिजन निर्यात नगर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS