काठमाडौं, फागुन ८- आन्दोलनरत नेकपाका वरिष्ठ नेता झलनाथ खनाल आज (शनिबार) स्वदेश फर्किंदै छन्।
उपचारका लागि गत माघ ३० गते बिहान भारतको नयाँ दिल्ली गएका उनी आज नेपाल फर्किने भएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए।
साथमा खनालकी श्रीमती रविलक्ष्मी चित्रकार पनि छिन्।
खनाल शरीर काँप्ने रोगबाट पीडित छन्।

यसअघि अमेरिका र चीनमा उपचार गराएका खनालले चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।
