काठमाडौं, वैशाख २२ –भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ८२ हजार ३१५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६६ लाख ५ हजार १४८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा भारतमा ३ हजार ७८० जनाको ज्यान गएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ लाख २६ हजार १८८ को ज्यान गइसकेको छ ।
भारत अहिले कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको छ । दुई सातादेखि भारतमा कोरोना संक्रमितको संख्या दैनिक ३ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ लाख २२९ रहेको छ । यसैगरी अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनेको संख्या ३ लाख ३८ हजार ४३९ रहेको छ ।
FACEBOOK COMMENTS