भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
दोस्रो सबैभन्दा प्रभावित राज्य तामिलनाडुमा अहिलेसम्म कोरोना भाइरसका ९८ हजार ३९२ संक्रमित फेला परेका छन् भने एक हजार ३२१ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९२ हजार १७५ संक्रमित फेला परेका छन् भने दुई हजार ८६४ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म २४ हजारभन्दा धेरै संक्रमित भेटिँदा ७३५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६९९ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि १० हजारभन्दा धेरै संक्रमित भेटिँदा ७७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म तीन लाख ७९ हजार ८९२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
FACEBOOK COMMENTS