काठमाडौं, भदौ १५ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा भयावह रुपमा देखिएको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा ८० हजार भन्दाबढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले जनाएको छ। यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा बढी हो ।
पछिल्ला पाँच दिनमा लगातार ७६ हजार भन्दा धेरै संक्रमित भारतमा रेकर्ड हुँदै आएको छ। साथै एकै दिन अर्को एक हजार भन्दा धेरैले संक्रमणकै बीच ज्यान गुमाएका छन्।
भारतको महाराष्ट्रमा एकै दिन १६ हजार ४ सय ८ जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ दोस्रो पटक १६ हजार भन्दा धेरै संक्रमित देखिएका हुन्।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पहिलो पटक एकै दिन ६ हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। त्यहाँ ६ हजार २ सय ३३ जना संक्रमित थपिएका हुन्।
FACEBOOK COMMENTS