काठमाडौं, बैशाख १५ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबार एकैदिन १६ सय बढी रहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८९० पुगेको हो ।
वर्ल्डोमिटरको तथ्यांकमा अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ। आइतबार थप ५६ जनाको मृत्यु भएको छ ।
भारतमा सबैभन्दा बढी प्रभावित क्षेत्र महाराष्ट्र रहेको छ। त्यहाँ हालसम्म साढे ६ हजार बढी संक्रमित रहेका छन् भने करिब ३ सयको मृत्यु भएको छ।
FACEBOOK COMMENTS