काठमाडौं, कात्तिक ५ – भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि वृद्धि हुँदै गइरहेको दैनिक संख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै १ लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्यांकमा देखिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् । सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयले बताएको छ । कुल संक्रमितमध्ये ७ लाख ४० हजार ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि तथ्यांकमा देखिएको छ ।
FACEBOOK COMMENTS