काठमाडौं, जेठ २९ – दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ८४ हजार संक्रमित थपिएका छन् ।दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८४ हजार ६९५ जनामा संक्रमण भएको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९३ लाख ५८ हजार ३३ पुगेको छ ।भारतमा १० लाख ८९ हजार २४८ जना संक्रिय संक्रमित छन् ।
यस्तै ,त्यहाँ एकै दिन चार हजार संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ ।पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६७ हजार ९७ पुगेको छ ।
FACEBOOK COMMENTS