काठमाडौं, साउन २५ – पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा देखिएका छन्। भारतमा एकै दिन ६५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार भारतमा ६५ हजार एक सय ५६ जनामा संक्रमण पुष्टि भएको हो। यो संख्या भारतमा कोरोना संक्रमण देखिएयताकै सबैभन्दा बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
संक्रमणको कारण भारतमा शनिबार आठ सय ७५ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ लाख ५२ हजार नाघेको छ भने मृतकको संख्या ४३ हजार चार सय ५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा भारतपछि सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा देखिएको छ। त्यहाँ एकै दिन ५३ हजार सात सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा ४६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ६१ हजार दुई सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच हजार ६ सय १ जनाले ज्यान गुमाएका छन्।
FACEBOOK COMMENTS