काठमाडौं, बैशाख २- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ३ मे सम्म लकडाउन थपिएको बताएका छन् । मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।
भारतमा जारी रहेको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ । मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए अप्रिल २० पछि केही छुट दिइने पनि बताएका छन् ।
सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए । साथै उनले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए ।
उनले लकडाउनको पूर्ण पालना गर्न र जुन ठाउँमा छौँ त्यही ठाउँमा रहन सचेत गराएका छन् । साथै उनले नागरिकसँग सात वटा बुँदामा साथ मागेका छन् ।
FACEBOOK COMMENTS