काठमाडौं, चैत ९ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरस नियन्त्रणका लकडाउन गरेको एक वर्ष पुग्न केही दिनमात्रै बांकी रहँदा मन्त्रालयले फेरि पहिला झैं सूचना प्रकाशित गरेर सावधानी अपनाउन भनेको हो।
मन्त्रालयले सभा, सम्मेलन नगर्न भनेपनि राजधानी काठमाडौंमा दैनिकजसो कार्यक्रमहरु भइरहेका छन्। राजनीतिक कार्यक्रमहरु बढ्दो छ। सरकारले मास्क लगाउन र सतर्कता अपनाउन भने पनि त्यो पालना भएको देखिँदैन।
यता, कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको काठमाडौं महानगर फेरि संक्रमण बढ्ने हो कि भन्ने भयमा छ। हालसम्म महानगरमामात्रै ३४ हजारभन्दा बढीमा कोराना संक्रमण पुष्टि हुँदा २५४ जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा मात्रै १ लाख ३ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।
FACEBOOK COMMENTS