काठमाडौं, चैत १७ –भारतमा आर्थिक वर्ष २०२१-२२ शुरु हुन लागेको छ । उक्त नयाँ आर्थिक वर्षको पहिलो महिना अप्रिलमा १० दिनसम्म बैंक तथा वित्तीय संस्था बन्द हुने छन् । नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले हिसाव मिलनका लागि पनि पहिलो हप्ता दिन र अप्रिल भरी १० दिन बैंक बन्द हुने छन् ।
अप्रिलको पहिलो दिन नयाँ आर्थिक वर्ष शुरु हुने दिन बन्द हुने छ । त्यस्तै, २ तारिक गुड फ्राइडे, ४ तारिक आइतबार, १० तारिक शनिबार, ११ तारिक आइतबार, १३ तारिक तेलगु नयाँ वर्ष, १८ तारिक आइतबार, २१ तारिक रामनवी २४ तारिक शनिबार र २५ तारिक आइतबार परेकाले बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्
FACEBOOK COMMENTS