काठमाडौं ।भारतका पछिल्लो २४ घण्टामा ४३ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा कोभिड–१९ बाट ९५५ जनाको ज्यान गएको छ ।
शनिबार ५२ हजार भन्दा धेरै मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ८५ हजार ३५० रहेको छ ।
कुल संक्रमितको संख्या तीन करोड पाँच लाख ४५ हजार भन्दा धेरै पुग्दा कोभिड–१९ बाट चार लाख दुई हजार पाँचजनाको ज्यान गएको छ ।
पछिल्लो समय भारतमा संक्रमण लगातार घट्दो क्रममा छ ।
FACEBOOK COMMENTS