काठमाडौं, चैत १४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशकी समकक्षी शेख हसिनालाई १२ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन उपहार दिएका छन्। मोदीको बंगलादेश भ्रमणको अवसरमा भ्याक्सिनका साथै दुई देशबीच अन्य थुप्रै सम्झौता भएको छ।
शनिबार मोदीले भने, ‘‘अस्थिरता, आतंक र अशान्तिको सट्टा भारत र बंगलादेश स्थिरता, प्रेम र शान्ति चाहन्छन्।’’ मोदीको बंगलादेश भ्रमणको विरोधका क्रममा पाँच जनाको ज्यान गएको थियो।
FACEBOOK COMMENTS