काठमाडौं, पुस ११ – भारतले पहिलोपटक चालकरहित रेल सेवा सञ्चालन गर्ने भएको छ।
चालकरहित रेलसेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर २८ मा शुभारम्भ गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दिल्ली मेट्रोको यो रेल सेवा भारतको पहिलो पूर्ण-स्वचालित ट्रेन सेवा हो।
भारतीय प्रधानमन्त्री मोदीले हरियो झण्डाद्वारा सोमबार पहिलो स्वचालित मेट्रो ट्रेनको उद्घाटन गर्ने छन्।
दिल्ली मेट्रो रेल कर्पोरेसनका कार्यकारी निर्देशक अनुल दयालले यो रेल ३७ किलोमिटर लामो मेजेन्टा लाइनमा जनकपुरी पश्चिमदेसख बाँटनिकल गार्डेबीच चल्ने जानकारी दिएका छन्।
कर्पोरेसनले २५ डिसेम्बर २००२ मा शाहदरा र तीस हजारीबीच आफ्नो पहिलो करिडोर खोलेको थियो। दिल्ली मेट्रोको सेवा १८ वर्ष पूरा भएको छ।
अहिले दिल्ली मेट्रो नेटवर्क २८५ स्टेशनका साथ ३८९ किलोमिटर लाइन विस्तार भएको छ।
FACEBOOK COMMENTS