काठमाडौं । चर्चित अभिनेत्री सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा निधन भएको छ। द इन्डियन एक्सप्रेसका अनुसार उनको शुक्रबार बिहान उनको हृदयघातको कारण निधन भएको हो।सुरेखालाई सन् २०१८ मा उनलाई प्यारलाइटिक स्ट्रोक भएको थियो। गत वर्ष ब्रेन स्ट्रोक भएपछि उनको स्वास्थ्य केही थप कमजोर भइरहेको थियो।
तीन पटक नेसनल फिल्म अवार्ड जितेकी सुरेखाले सन् १९७८ को राजनितिक ड्रामा फिल्म ‘किस्सा कुर्सी’ का बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। तमस (१९८८), मम्मो (१९९५) र सन् २०१८ मा रिलिज भएको फिल्म ‘बधाइ हो’मा गरेको अभिनयका लागि उनलाई नेसनल फिल्म अवार्ड प्रदान गरिएको थियो।
सन् १९७१ मा भारतको उत्तर प्रदेशमा जन्मिएकी सुरेखा ‘नेशनल स्कुल अफ ड्रामा’की स्नातक हुन्। ‘बधाई हो’ सुरेखाले फिल्ममा आयुष्मान खुरानाको हजुरआमा बनेर अभिनय गरेकी थिइन् जुन धेरैले मन पराए। उनी नेसनल फिल्म अवार्ड लिन व्हीलचेयरमा गएकी थिइन्।
फिल्मबाहेक थिएटर र टेलिभजन कार्यक्रममा समेत उनी सक्रिय रहिन्। चर्चित भारतीय टेलिशृंखला ‘बालिका वधु’मा कल्याणी देवीको भूमिकामा गरेको उनको अभिनय धेरैले मन पराएका थिए।
FACEBOOK COMMENTS