काठमाडौँ, कात्तिक १३ – भारतीय केन्द्रीय मन्त्री स्मृति इरानीलाई कोरोना भाइरस लागेको छ । टेक्सटाइल मन्त्री ईरानीले आफूलाई कोरोना लागेको र जो उनको सम्पर्कमा रहेका थिए उनीहरुलाई तत्काल आफ्नो परीक्षण गराउन पनि अपील गरेकी छिन् ।
उनले ट्वीटरमा ट्वीट गर्दै लेखेकी छिन्, ‘घोषणा गर्ने समय शब्द खोज्नु मेरो लागि कठिन भएको छ । यसकारण यहाँ म सजिलो शब्दले भनिरहेकी छु । मेरो कोरोना पोजेटिभ आएको छ । जो मेरो सम्पर्कमा आउनु भयो उहाँहरुलाई तत्काल आफ्नो परीक्षण गराउन अपील गर्छु ।’ यो ट्वीट उनले बुधबार साँझ ६ः४३ बजे पोष्ट गरेकी थिइन् ।
FACEBOOK COMMENTS