विराटनगर– मंसिर २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्।
विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदी प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हुनेछ।
उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न नेपाल आउन लागेका हुन्। यी दुबै परियोजनाको प्रधानमन्त्री केपीशर्मा ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।
मोदी नेपाल आउने निश्चत भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
विराटनगर महानगरपालिका वडा नं १८ भेडियारी र त्यसको समानान्तर भारतीय भूमिमा बनेको एकीकृत जाँच विन्दु ९आइसिपी०को उद्घाटन मंसिर २६ गते हुने भएको छ ।
ओली र मोदीले ३८ किलोमिटर लामो जनकपुर–जयनगर रेल खण्डको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रमअनुसार जनकपुर–जयनगर रेल खण्डको उद्घाटन गरेपछि आइसिपीको उद्घाटन गर्ने कार्यक्रम छ।
FACEBOOK COMMENTS