काठमाण्डौ– मारुती सुजुकी भिटारा ब्रेजा र टाटा नेक्सनलाई टक्कर दिने गरी महिन्द्राले नयाँ कम्प्याक्ट एसयूभी लन्च गर्ने भएको छ ।
महिन्द्रा एस २०१ कोड नेम दिइएको सो नयाँ एसयूभीलाई ‘महिन्द्रा एक्सयूभी ३००’ नामले बजारमा आउने बताएको छ ।
सन् २०१९ को सुरुवातमा सो गाडी लन्च गर्ने तयारी भइरहेको बताइएको छ ।
महिन्द्राको सो कम्प्याक्ट एसयूभी साङयोङ टिभोली प्लेटफर्ममा आधारित छ ।
महिन्द्राको सो कम्प्याक्ट एसयूभीले सेगमेन्टकै टप भेरिएन्टमा आफ्नो स्थान बनाउने छ । मारुती सुजुकी भिटारा ब्रेजा र टाटा नेक्सन भन्दा अलग देखाउनका लागि यसमा केही नयाँ फिचर पनि थपिएको छ ।
यसमा प्यानोरामिक सनरुफ, ठूलो टचस्क्रिन, क्रुज कन्ट्रोल र ड्युअल जोन क्लाइमेट कन्ट्रोल सिष्टम जस्ता फिचर उपलब्ध छन् ।
त्यसैगरी यसमा एलईडी हेडल्याम्प र डे टाइम रनिङ ल्याम्प जस्ता फिचर पनि हुनेछ ।
यसमा १।५ लिटर फोर सिलिन्डर डिजेल इन्जिन हुनेछ, जसले १२३ एचपी पावर जेनेरेट गर्छ ।
महिन्द्रा एस २०१ पहिलो कम्प्याक्ट एसयूभी हुनेछ, जसमा फोर ह्विल डिस्क ब्रेक हुनेछ । यसको टप भेरिएन्टमा १७ इन्चको एलोई ह्विल हुनेछ ।
सेफ्टीका लागि यसमा ७ एयरब्याग, एबीएस, ईएसपी र रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध हुने छन् ।
FACEBOOK COMMENTS