काठमाडौं, चैत ३ – भिभोले भी सिरिज अन्तर्गत ‘भी–२०एसइ’ बजारमा ल्याएको छ। थ्रीडी कर्डमा डिजाइन गरिएको यो फोनमा ६.४४ इञ्चको एमोलेड डिस्प्ले छ। फिंगर प्रिन्टको सहायताले फोनको लक खोल्न सकिन्छ। फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको कम्पनीले बताएको छ। मेमोरी कार्डको सहयोगले १ जिबीसम्म बढाउन सकिन्छ।
फोटो खिच्न चार क्यामरा छन्। जसमा मुख्य क्यामरा ४८, वाइड एंगल लेन्स ८, सुपर वाइड एंगल ८ र २ मेगापिक्सलको डेप्थ लेन्स छ। साथै ३२ मेगापिक्सको सेल्फी क्यामरा छ। फोनको सहायताबाट फोरके भिडियो समेत खिच्न सकिने कम्पनीले बताएको छ। यसमा ४१ सय एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधा दिइएको छ।
१ सय ७१ ग्राम तौल भएको उक्त फोन सहजै पकेटमा अटाउन सकिन्छ। यसको ३९ हजार ९ सय ९० रूपैयाँ पर्छ। उक्त फोन ‘ग्राभिटी’ ब्ल्याक र ‘एक्युमेरिना ग्रीन’ गरी दुई रङमा पाउन सकिन्छ।
FACEBOOK COMMENTS