काठमाडौं,बैशाख ३१ – नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए।
चाँगुनारायण नगरपालिकाका स्रोतको अनुसार उनि रावलको घरमा सुरक्षामा खटिएका थिए । घरमा श्रीमती बिरामी परेपछि जानकारी गराएर छुट्टीमा गएका थिए ।
उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
नेता रावलको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिँदै आएका छन्।
FACEBOOK COMMENTS