तनहुँ – २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ ।
यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बिच सिलन्यास भएको छ ।
उक्त सिलन्यास कार्यक्रम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यानवयन ईकाई ( शिक्षा) तनहुका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गिय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
विद्यालयको भवन भुकम्पले जिर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ति भवनलाई बिस्थापित गर्नको लागि नया भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइबाट भवन बनाउनको लागि रकम पर्नु निकै खुशीको कुरा रहेको र तोकेको समय अगावै भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मदन तिमल्सेनाले बताए ।
विद्यालयकी शिक्षिका मनु सापकोटाले संचालन गरेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष बसन्त दरै, भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा, हरिविलास अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
६६ लाखको लागतमा निर्माण हुने भएको हो ।
FACEBOOK COMMENTS