काठमाडौं,फागुन १६ – रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यामिक बिद्यालय को पक्कि भवन निर्माण भएको छ । २०७२ बैशाख १२ मा गएको बिनासकारी भुकम्पले भवन भत्किएपछि टहरामा संचालन हुदै आएको थियो । बिद्यालय जापान सरकार र शान्ति भोलिन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एव ग्रामीण विकास समाज नेपालको समन्वयमा बिद्यालयको १२ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको हो ।
नवनिर्मित भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभएको छ । बिद्यालय भवन उद्घाटन गर्दै सांसद आचार्यले अब ग्रामीण क्षेत्रको बिद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताउनुभयो । जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, खानेपानी पर्यटन प्रबर्द्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत आफुले काम गरिरहेको उहाले बताउनुभयो ।
२०७२ सालको महाभुकम्पपछी बिद्यालय टहरामा पठनपाठन भैरहेको थियो । अहिले भुकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको बिद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।
४ करोड २२ लाखको लागतमा बिद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाके लगायतकोे उपस्थिति थियो ।
FACEBOOK COMMENTS