काठमाडौं, पुस ११ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै अनुदान नलिए स्वतः लाभग्राहीको सूचीबाट नाम हट्ने प्राधिकरणले जनाएको छ ।
घर बनाउनेले माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो किस्ताका लागि आवेदन दिइसक्नुपर्छ । प्राधिकरणका अनुसार हालसम्म ५ लाख ५८ हजार निजी आवास पुनर्निर्माण भइसकेको छ । यसमध्ये ७ लाख २५ हजार निजी आवास पुनर्निर्माण हुँदैछ भने ६ लाख ८३ हजार लाभग्राहीको दोस्रो किस्ता भुक्तानीका लागि र ६ लाख २३ हजार लाभग्राहीको तेस्रो किस्ताको भुक्तानीको लागि प्रमाणीकरण गरिसेकेको प्राधिकरणले जनाएको छ ।
हालसम्म निजी आवासतर्र्फ ९० प्रतिशत काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासो सम्बोधन गरेको गरिसकेको छ । यससँगै १ लाख ६ हजार ४ सय ६५ जना लाभग्राही थपिएका छन् ।
FACEBOOK COMMENTS