काठमाण्डौँ — नेपाली जुत्ताचप्पल उद्योगी समूहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर बिजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ ।
मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबका सञ्चालक जितु नेपालले उद्घाटन गरे ।
मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरू बीएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्यान्ड र ग्याज फेसनलगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन् ।
मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने बीएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले उद्घाटनका अवसरमा जानकारी दिए ।
मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ ।
जुत्ताचप्पलका सेल मेला बेला–बेलामा हुने गरे पनि स्वदेशमै जुत्ताचप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्रान्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दाबी छ ।
— कारोबार
FACEBOOK COMMENTS